स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैँमा भीडभाडमा गएर किनमेल नगर्न आग्रह गर्नुभयो।
गौतमले दशैँमा नयाँ कपडा किन्ने चलन रहेको र कपडा किन्न जाँदा कोरोना भाइरस सङ्क्रमणको डर धेरै हुने भएकोले यो वर्ष आफूसँग भएकै पुराना कपडा लगाएर दशैँ मनाउन आग्रह गर्नुभयो ।
दशैँ केन्द्रित किनमेलबाट सङ्क्रमण धेरै फैलने डर रहेको भन्दै उहाँले नजिकका पसलबाट भिड नभएको बेला सुरक्षा सतर्कता अपनाएर खानेकुरा किन्न र यसबाहेक कपडालगायतका सामग्री यो दशैँमा नकिन्न आग्रह गर्नुभयो ।
टीका थाप्ने वा लगाइ दिनेबाट एक अर्कामा भाइरस सर्ने जोखिम रहने भन्दै उहाँले यो वर्ष फोन तथा अनलाइनबाट मात्र आशीर्वाद लिन आग्रह गर्नुभयो ।
[sidebar name="button post"]









