सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु

२२ असोज, काठमाडौं । सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ । सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ ।

डाक्टर केसी ६ बुँदे माग राखेर १९ औं अनसनमा बसेको आज २५ दिन पुगिसकेको छ । उहाँको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गर्नुभएको छ ।

[sidebar name="button post"]