सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

२२ असोज, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु संचालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । तर परीक्षा संचालन गर्दा केन्द्र प्रदेश र स्थानीय सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्नेछ।

बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिनुभयो ।

सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

[sidebar name="button post"]