असाेज ९, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४५ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ५०३ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष तथा ललितपुरमा ४५ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने १३१३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार २७९ जना छ। त्यसमध्ये ८२३६ जना संस्थागत आइसोलेसनमा र १०५२ जना होम आइसोलेसनमा रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १४५५ जना निको भएका छन्। निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। हाल क्वारेन्टिनमा ६४६४ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ।












