विद्युत प्राधिकरणका नायक कुलमान घिसिङ : नागरिकले कदर गरे तर सरकारले गरेन

समिता लुईटेल

असाज ७, काठमाडौँ । विद्युत प्राधिकरणको नायकका रुपमा स्थापित कुलमान घिसिङको पुननियुक्ती नहुने भएको छ । सरकारले विद्युत प्राधिकरणमा घिसिङ नियुक्त नगर्ने प्रस्ट पारिसकेको छ ।

नागरिकले कदर गरे पनि सरकारले भने उहाँको कदर नगरेको हो । विद्युत प्राधिकरणमा उहाँको पुननियुक्तीको माग गर्दै नागरिकले सडकमा समेत आन्दोलन गरेका थिए ।

घिसिङको योगदान : 

विद्युत प्राधिकरणमा घिसिङ नियुक्त नहुँने बेलासम्म नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । विद्युत प्राधिकरणकै कर्मचारी र बिचौलियाको हालिमुहाली थियो । त्यसबेलाका प्राधिकरणका केहि कर्मचारीले विजुली बेचेको आरोप छ ।

लोडसेडिङ अन्त्य गर्न सफल घिसिङ एक कुशल कर्मचारी हुन् । नेपाल सरकारले २०७३ भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका घिसिङले अहिले नेपाली जनताका नायक भएका छन् ।

विद्युत् प्राधिकरणकै अवस्था सुधार :

प्राधिकरणको वित्तिय अवस्था नै नाजुक भएको अवस्थामा घिसिङको नेतृत्वमा सुधार भयो । विद्युत माग र आपुर्ति बिचको सन्तुलन, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङ मुक्त बनाउन सफल भएका घिसिङको कार्यकाल यही भदौ २९ गते सकिएको छ ।

कहालीलाग्दो अध्याँरोले मुलुक आक्रान्त भएको अवस्थामा घिसिङको कार्यकाल सुरु भएको थियो । र उनकै कार्यकालमा लोडसेडिङ पुर्ण रुपमा अन्त्यभई देश उज्यालोतर्फ मोडिएको छ । यस्तो अवस्थामा जनताले घिसिङलाई आफ्नो हिरो बनाउनु स्वभाविक पनि देखिन्छ ।

घिसिङको कार्यकाल सुरु हुँदा प्राधिकरणको संचित घाटा ३४ अर्ब ६१ करोड रुपैया पुगेको थियो भने सोहीवर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । त्यस्तै विद्युत चुहावट २५.७८ प्रतिशतमा थियो भने अहिले १५.२७ प्रतिशतमा झरेको छ । त्यस्तै नाफा करिब ५ अर्ब रुपैया रहेको घिसिङले भदौ ३० गते आफ्नो बिदाई कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।

[sidebar name="button post"]