१ हजार २ सय दुई जना कोरोना संक्रमित थपिए

भदौ २७, गएको २४ घण्टामा नेपालमा १ हजार २ सय दुई जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार १ सय ७६ जनाको पिसिआर भएकोमा १ हजार २ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यो सँगै संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । आज नेपालमा १५ हजार २ सय ६० जना सक्रिय संक्रमित छन् । यस्तै गएको २४ घण्टामा ८ सय ५२ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ । यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३ सय ३६ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

[sidebar name="button post"]