काठमाडौ उपत्यकामा ३२६ काेराेना संक्रमित थपिए

भाद्र २२ , काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा ३२६ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

यससँगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ ।

यस्तै कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।

[sidebar name="button post"]