आज मानव बेचविखनविरुद्धको दिवस : भारतबाट २१ जनाकाे उद्वार

भाद्र २० ,काठमाण्डौ। आज मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । सार्क महासन्धी २००२ लाई २०६३ साल भदौ २० गते प्रतिनिधीसभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

यसपटक सरकारले मानव बेचविखन तथा ओसारपसारको अन्त्य, सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तब्य भन्ने नाराका साथ दिवस मनाउँदैछ । दिवसको अवसरमा शुभकामना दिँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपालले कानुनी रुपमा मानव वेचविखनलाई जघन्य अपराधको रुपमा व्याख्या गरेको भन्दै यसको अन्त्यमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

उहाँले मानव बेचविखन र ओसारपसार व्यक्ति, परिवार, समुदाय र देशभित्रको मात्रै नभई विश्वव्यापी समस्या भएको बताउनुभएको छ । गरिबी र अशिक्षाको फाइदा उठाएर मानव बेचविखन भइरहेको भन्दै मन्त्री गुरुङले यसको रोकथामको लागि शिक्षामा लगानी गर्नुपर्ने पनि बताउनुभयो । कोरोना महामारीकै विचमा बेचबिखनका क्रममा भारत पुर्याइएका २१ जना महिलाको उद्धार भएको मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]