देशभर १,२२१ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १४, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १,२२१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

३४८ महिला र ८७३ पुरुष गरी जम्मा १,२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।

[sidebar name="button post"]