भाद्र १२ , काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।सक्रिय संक्रमित १६ हजार १९ रहेका छन् ।
हाल देशभर क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन्।
[sidebar name="button post"]









