नेपालमा थप ६४१ जनामा कोरोना सङ्क्रमण

३२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।

यो सँगै हाल नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

[sidebar name="button post"]