३२ साउन, काठमाडौं। जुगल गाउँपालिका–२ लिदीमा शुक्रबारको पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत स्वरुप पाउने भएका छन् ।
विपद् व्यवस्थापन समितिले परिवार गुमाएकालाई १ लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको छ। दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा भने कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने भएको छ।
गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार हालका लागि काजकिरिया गर्नको लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ दिने निर्णय भएको जानकारी दिनुभएको छ । हालसम्म पहिरोमा पुरिएका १८ जनाको मृत्यु पुष्टि भएको छ ।
[sidebar name="button post"]









