३० साउन, काठमाडौं । नेपाली सेनाको हेलिकोप्टरमार्फत सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको जुगल गाउँपालिकामन गएको पहिरोको निरीक्षण गर्न त्यस तर्फ प्रस्थान गर्नुभएको छ । सभामुख सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।
२२ वटा घर पुरिएको घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालन भएका छन् ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुुसार शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले २२ घर पुरिएको छन् भने कति बेपत्ता भएको भन्ने अजै यकिन हुन नसकको उहाँले बताउनुभयो ।












