साउन २९, काठमाण्डाै उपत्यकाका थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । बितेको २४ घण्टामा देशभर ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । यी मध्ये १२७ काठमाण्डाै उपत्यकाभित्र भेटिएका हुन् ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे । उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन् । यो सहित देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
पछिल्लो अध्यावधिक विवरण अनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।
[sidebar name="button post"]











