१५ किलो नक्कली सुन फ्याँकेर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ

१५ किलो नक्कली सुन फ्याँकेर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्। साउन १३ गते कमलादीबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन फ्याँकेर भागेका अन्सारी बाराबाट पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई काठमाडौं ल्याइदै छ। यस घटनामा संलग्न अन्य प्रहरी जवान प्रशन्न श्रेष्ठ, बहादुरसिंह कडायत, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल ,निलेश साखिया, कालिगढ मनिष मल्लिक र उमेश श्रेष्ठ प्रहरी हिरासतमा छन्।

अन्सारी पहिले पनि जाली नोट कारोबार गरेको आरोपमा पक्राउ परेका थिए।

[sidebar name="button post"]