मकवानपुर जिल्लामा बिहीबार एकैदिन अहिलेसम्मकै धेरै ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

मकवानपुर जिल्लामा बिहीबार एकैदिन अहिलेसम्मकै धेरै ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

उपमहानगरपालिका क्षेत्रमा मात्र १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हेटौँडा ९ का सात जना, हेटौँडा ५ का चार जना, हेटौँडा ४ का चार जना, हेटौँडा २ का एक जना, हेटौँडा १० का एक जना र हेटौँडा १३ का एक जना गरी १८ जनामा सङ्क्रमण देखिएको छ ।

मकवानपुरमा अहिलेसम्म एक सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण मकवानपुर प्रहरी पनि जोखिममा परेको छ ।

हेटौँडाका विभिन्न स्थानमा कार्यरत १६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

[sidebar name="button post"]