गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ।
गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ। भोलि बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयालई निर्देशन दिइएको हाे।
अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ।












