कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो

गएको २४ घण्टामा देशका विभिन्न अस्पतालमा गरी थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही,बारा, सप्तरीमा एक एक जनाको मृत्यु भएको हो । पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ बर्षिया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ बर्षका पुरुषको मृत्यु भएकाे हाे ।

यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैया घर भएका ७५ बर्षिय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको हाे । यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलबस्तु २ तौलिहवाका ४५ वर्षका पुरुषकाे ज्यान गएकाे हाे ।

यस्तै सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षका वृद्धको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

[sidebar name="button post"]