उदयपुरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमित फेला परेपछि तीन वटा नगरपालिका क्षेत्रमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
मङ्गलबार मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएपछि प्रशासनले उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका क्षेत्रभित्र साउन २७ गते बेलुकादेखि भदौ ७ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो ।
[sidebar name="button post"]









