अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो। स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन्। अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।
अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ।
[sidebar name="button post"]









