अशोक खड्का ‘अन्तर्राष्ट्रिय हिरोज’ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित

२७ साउन, काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का ‘अन्तर्राष्ट्रिय हिरोज’ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

थाइल्यान्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो । प्रतियोगितामा करिब २५ राष्ट्रका ३ सय ५० खेलाडीको सहभागिता रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका खड्काले जनाएका छन् ।

नेपालसहित इन्डोनेसिया, ट्युनिसिया, भारत, मलेसिया, चीन र कोरिया गरी ७ राष्ट्रका निर्णायकको सहभागिता थियो ।

लकडाउनको अवधिमा भएका विभिन्न प्रतियोगितामा खड्का तीन पटक उत्कृष्ट निर्णायक चुनिएका हुन् । निर्णायकको करियरमा समग्रमा खड्का ७ पटक उत्कृष्ट निर्णायक बनेका छन् ।

[sidebar name="button post"]