काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण, एक जनाकाे ज्यान गयाे

साउन २६,काठमाडौं उपत्यकामा थप ४३ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको ज्यान गएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षका पुरुषको मेडिकेयर अस्पतालमा ज्यान गएको हो ।

ती पुरुषकाे संक्रमण विवरण अाज काठमाण्डाै उपत्यकामा भेटिएका संक्रमितमा समावेश भए, नभएको बारेमा मन्त्रालयले खुलाएकाे छैन । देशभरमा भने अाज ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

[sidebar name="button post"]