Ad #144479

बितेको २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा काठमाण्डौमा ९० जना र ललितपुरमा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमणको जोखिम बढेको छ । उपत्यका बाहिरबाट आएका केही व्यक्तिहरु कोरोना परिक्षणका लागि स्वाव दिएर सम्पर्क विहिन भएको र उनीहरुमा कोरोना संक्रमण पुष्टि भएकोले थप जोखिम बढेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशााखले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलन थालेपछि सरकारले जोर विजोर प्रणाली लागु गर्नको साथै विभिन्न सेवा पनि कटौती गरेको छ । कोरोना संक्रमण फैलिएमा नियन्त्रण गर्न कठिन हुने भन्दै विज्ञले चिन्ता व्यक्त गर्दै अाएका छन् ।