Ad #144479

साउन २५, गएको २४ घण्टामा थप तीन सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ८ हजार ५ सय १५ जनाको पीसीआर परिक्षण गर्दा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा ४० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको संख्या १६ हजार ३ सय १५ पुगेको छ । ६ हजार ५ सय ४४ जना अहिले विभिन्न ठाउँको आइसोलेसनमा छन् ।

यस्तै ११ हजार ३८ जना क्वरेण्टीनमा रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ जना पुगेको छ ।