नेपालमा एक कोरोना संक्रमितको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
कोरोना संक्रमितलाई साउन १७ गते स्टार अस्पतालबाट रेफर गरिएको डा शर्माले बताउनुभयो । संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए।