चुच्चेपाटीमा छोरी र श्रीमतीमाथि स्प्रिट प्रहार

चाबहिलमा एक पुरुषले आफ्नै श्रीमति र छोरीमाथि स्प्रिट छ्यापेका छन् । रक्सी खाएर श्रीमती र छोरीमाथि स्प्रिट छ्याप्ने राजन बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् । विष्टले बिहीबार साँझ ९ बजेतिर श्रीमती र छोरीमाथि स्प्रिट छ्यापेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

विष्टलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । पीडितलाई उपचारका लागि तिलगंगा अस्पताल लगिएको प्रहरीले बताएको छ ।