विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको छ ।












