काठमाडौं , १५ साउन । स्थिरता र समृद्धिको नारासहित एकीकृत पार्टी बनाउने प्रतिबद्धतासहित जनतामा गएर मत मागेर बहुमत ल्याएका दुई कम्युनिष्ट पार्टी एकताबद्ध भएको दुई वर्षमै पार्टीभित्र देखिएको विवादले तल्लो तहका कार्यकर्तामा असन्तोष पैदा गरेको हो ।
गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अशन्तुष्टी व्यक्तगर्दै लेख्नुभयो “ कम्युनिष्ट पार्टीमा लागेर अकुत कमाएर रमाएकालाई त मज्जा आएको होला , आफन्त गुमाएका परिवार, घाइते योद्धा र मृत्युको मुखबाट फुत्केर बाँचेका एवं इमान्दार कार्यकर्तालाई नेकपाको गतिविधिले चिन्ता बढाएको छ ।”
उहाँ भन्नुहुन्छ “ तत्कालीन दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा ठूलो त्याग , समर्पण र बलिदानबाट स्थापित भएको पार्टि हो , देशको समृृद्धिको अगुवाइ गर्ने जिम्मेवारी रहेको पार्टीको नेतृत्वमा देखिएको विवादले हामी चिन्तित छौँ । अहिलेको अन्तरविरोधलाई हल गरेर दुई अध्यक्षले पुनः कार्यकर्तामा उत्साह जगाउने र खुशीको खबर दिनुहुनेमा म विश्वास्थ छु ।”
पछिल्ला दिनमा पार्टीको आन्तरिक जीवनमा देखिएको असहज अवस्थाप्रति केन्द्रदेखि जिल्लास्तरका नेता तथा कार्यकर्ताले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई खबरदारी गरि रहेका छन् । सत्तारुढ नेकपाको केन्द्रमा उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीतिमा जति चर्चा र चासो बढेको छ , त्यसरी नै पार्टीभित्रको विवाद झन् बढ्दै जाँदा जिल्लाका नेता , कार्यकर्तासमेत पार्टी विभाजनको सम्भावित संकेत बाट चिन्तित भएका छन् ।
पञ्चायतकालमा नेकपाका नेता वामदेव गौतम , जीवराज आश्रित , किरण गुरुङलगायत नेताहरुको ‘सेल्टर’ घर बनाएर माछापुुच्छ«े गाउँपालिका–२ सार्र्दीखोलाका हर्कबहादुर घर्ती क्षेत्रीका घरमा बस्थे आज उहा निराशा र आशाका विच भन्नुहुन्छ “ आफू भोकै बसेर भए पनि पालेका नेताहरुले पहिलाको भूमिगत अवस्था बुझेर जनतालाई सुख सुविधा दिन्छन् र देशको विकास गर्छन् भन्ने थियो तर ती सबै सपना भए , अहिले एकतापछि केही होला भन्ने लागेको थियो तर आफू÷आफू शक्तिका लागि लड्न थाले ”, क्षेत्रीले बताउनुभयो “अझै पनि समय छ, स्थायी कमिटी, सचिवालयमा नेताले सल्लाह, सुझाव लिएर पार्टीलाई मिलाउलान् र एकताका लागि छाती ठूूलो बनाएर त्याग गरेर भए पनि पार्टी बचाउलान् भन्नेमा छौँ ।”
तत्कालीन नेकपा एमाले र माओवादीका बीचमा एकता भएर एउटै पार्टी गठनले आफूहरुको सपना पूरा भएको र गाउँमा बस्ने कार्यकर्तामा उत्साह थपेको बताउँदै उहाँले पार्टीका दुई अध्यक्ष मिलेर अहिलेको विवाद मिलाउनुपर्ने र सबै नेताहरुलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।