सुनको भाउ अहिलेसम्मकै महँगो

सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

अहिले फाट्टफुट्ट मात्रै कारोबार हुने गरेको व्यवसायीले बताएका छन् । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ५५ रुपैयाँ पुगेको छ ।

यो भाउ अहिलेसम्मकै महँगो हो ।

[sidebar name="button post"]