श्रीमतीको हत्यामा दाेषी ठहर भइ जेल सजाय काटिरहेका सशस्त्र प्रहरी बल-एपीएफका पूर्व डीआईजी रन्जन कोइराला बिहीबार छुट्दै छन्।
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद घटाएर साढे ८ वर्ष ६ महिना मात्र कायम गरेपछि कोइराला उक्त सजाय भुक्ता गरि छुट्न लागेका हुन्।
उनी डिल्लीबजार कारागारमा रहेका छन्।
२०६८ साल माघमा उनले श्रीमती गीताको हत्या गरेका थिए।