सोमबार भोली पशुपति नखुल्ने, बाहिरबाट दर्शन गर्न सकिने

साउन ४ । साउनको पहिलो सोमबार भोली पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको हो ।

सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधारणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ ।

तर, भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णयमा भर पर्ने पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताउनुभयो ।

दर्शनार्थीले मन्दिर परिसरबाट दर्शन गर्न सक्नेछन् । पशुपतीमा अहिले नित्य पुजा मात्र हुँदै आएको छ । यस बर्ष बोलबम यात्रा पनि नहुने भएको छ ।