प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु  

प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । प्रहरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिुनभयो ।

ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।स्वर्गद्वारीमा भएकाे दुर्घटनामा ७ जनाकाे ज्यान गयाे ।
भिगृ-स्वर्गद्वारी माेटरवाटाे स्तरउन्नति गर्ने अाेसिस कन्टक्सन मार्फत बाटाेमा कामगर्ने राेल्पा रुन्टिगढिका ७ जना ज्यामिकाे ट्याक्टर दुर्घटनामा ज्यान गएको छ। स्वर्गद्वारी धरमपानी नजिक गएराति भएको ट्याक्टर दुर्घटनामा ७ जनाकाे घटना स्थलमै ज्यान गएको हाे। अहिले नेपाल प्रहरी , नेपाली सेना र स्थानियबासिन्दाले घटनास्थलबाट शव व्यवस्थापन गरिरहेका छन् ।