अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा चार डाक्टर पक्राउ

प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी लगायतका छन।

यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ।