म्याग्दीमा गएको पहिरोमा परी १० जनाको मृत्यु !

 म्याग्दी । म्याग्दीमा गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ । अरु १२ जना बेपत्ता भएका छन । पहिरोले मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको मृत्यु भएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका हुन । मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ । बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ ।

पहिरोले बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिज भत्काएको छ । पहिरोले गर्दा म्याग्दीबाट मुस्ताङ जाने बाढो समेत अवरुद्ध भएको छ ।