काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि प्रहरीका ६ वटा इकाइ पनि सिल गरिएको छ ।
कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको हो । त्यो सँगै बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ । यी सबै वृतमा गरेर २ सय बढी कर्मचारी रहेका छन् ।
टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए । ब्यारेकमा सुत्ने कोठासँगै खाना खाने मेस पनि सामूहिक हुन्छ ।