कपिलवस्तु । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमितमध्य १९ जना निको भएर घर फर्किएका छन् । निको भइसकेका तीन जनाको पुनः पोजेटिभ आएको छ ।