३१ जिल्लामा फैलियो कोरोना संक्रमण, ३५७ जना पुगे संक्रमित

काठमाडौं । बाँकेमा ४७ जनासहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा ५३ जना कोरोनाभाइरसका सक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।

गुल्मि कोरोना संक्रमण देखिएको ३१ औं जिल्ला हो ।यसअघि गुल्मिमा कोरोनाका संक्रमित भेटिएका थिएनन् ।

कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ ।