प्राविधिक मर्मतपछि जापानको नारिता उड्यो वाइडबडी जहाज

प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ ।

 गए राति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुवाँ आएपछि जहाज उडेको केही समयमै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको थियो ।

एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाँजमा प्राविधिक समस्या देखिनासाथ  विमान चालकले जहाजलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए ।

उक्त जहाज मर्मतपछि बिहान १० बजे नारिताका लागि उडान भरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिजो राति जहाज उडेको केही समयपछि प्राविधिक समस्या देखिएकाले जहाज फर्किएको थियो, प्राविधिक मर्मतपछि जहाज उडिसक्यो, कार्गो होल्डमा धुवाँ देखिएपछि जहाज काठमाडौँ फर्किएको थियो ।” निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारो बडी जहाज छन् ।

[sidebar name="button post"]