सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ ।

लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् ।

त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

[sidebar name="button post"]