पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परीक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टीजेन परीक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोनाका कारण १२ हजार ५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय ९८ संक्रमित निको भएका छन् ।
हाल नेपालमा २ हजार ८ सय ९१ सक्रिय संक्रमित आइशोलेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]











