Ad #144479

१२ जेठ, काठमाडौँ। अभिनेता पूर्णविक्रम शाह ‘पल’ को उच्च अदालत पोखरामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

पल पक्षकै वकिलले आग्रह गरेपछि सुनुवाइ स्थगित गरेको उच्च अदालत पोखराले जनाएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा रहेको मुद्दा कानुन व्यवसायीको निवेदन पश्चात स्थगित गरिएको हो ।

गत साता पनि पलकै वकिलहरूको आग्रहमा सुनुवाइ स्थगित भएको थियो । आज हुने सुनुवाइमा पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्नेबारे निर्णय हुनसक्ने चर्चा भएता पनि सुनुवाइ हुन् सकेन । नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए । उक्त आदेशविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।