२० फाल्गुन, काठमाण्डौ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ ।
दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
त्यस्तै राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।












