Ad #144479

७ फाल्गुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

३ हजार ५३८ जनामा पीसीआर परीक्षण गरिएकोमा १९८ जनामा र ३ हजार ५५८ जनामा एन्टीजेन परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार १ हजार २७२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर १३ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन्।