४ फाल्गुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा एक हजार ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।
हाल देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन्।












