२ फाल्गुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ भने ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल देशभर २० हजार ७३९जना सक्रिय संक्रमित रहेका छन्।












