पछिल्लो २४ घण्टामा २,४०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

२६ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

११ हजार ६०३ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार ८५१ जनामा र ४ हजार ७५३ जनामा एन्टीजेन परीक्षण गर्दा ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ७ हजार ७७७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३० हजार २४१ जना सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]