२३ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ८ हजार ७०४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन्।












