२० माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१० हजार २६ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ७४२ जनामा र २ हजार ५७९ जनामा एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन्।












