थप ५,५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्‍यु

१८ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ८ हजार २ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७४ हजार ६ सय ५३ जना सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]