थपिए ३,५४० जना कोरोना संक्रमित, ३२ जनाको मृत्‍यु

१६ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३२ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ६ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ८३ हजार ९ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]